सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

560
Shares
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज सोमवार बस्दै छ । 

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसदमा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

560
Shares

ट्रेन्डिङ