सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • १ बजेदेखि बैंकहरुको क्युआर ट्रान्सफरसहितका अनलाइन सेवा नचल्ने

१ बजेदेखि बैंकहरुको क्युआर ट्रान्सफरसहितका अनलाइन सेवा नचल्ने

1245
Shares
१ बजेदेखि बैंकहरुको क्युआर ट्रान्सफरसहितका अनलाइन सेवा नचल्ने

काठमाडौं :- आज दिउँसो बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेले आज डेटा अपग्रेड गर्न लागेकोले बैंकहरुको अनलाइन सेवा अवरुद्ध हुने भएको हो ।

सोमबार(आज) दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् ।

‘सोमबारका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म फोन पे पेमेन्ट सर्भिस लिमिटेडको डेटाबेस अपग्रेट गर्नु पर्ने भएको हुँदा उक्त समयावधिका लागि फोनपेको सबै सेवाहरु अवरुद्ध हुने व्यहोरा आदरणीय सदस्य संस्थाहरु तथा सेवाग्राहीहरुलाई जानकारी गराउन चाहन्छौं’ फोन पेको सूचनामा भनिएको छ ।

५ बजेपछि भने अनलाइन सेवा पुरानै अवस्थामा फर्किने फोन पेको भनाइ छ ।

1245
Shares

ट्रेन्डिङ