सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यक्रम सञ्चालन हुने

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यक्रम सञ्चालन हुने

3390
Shares
भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यक्रम सञ्चालन हुने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आज भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले निःशुल्क स्वास्थ्य सेवा चिकित्साशास्त्र सङ्काय, काठमाडौँ विश्वविद्यालय, चिकित्साशास्त्र राष्ट्रिय प्रतिष्ठान र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानलगायतसँग सहकार्य गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले भूकम्प प्रभावित जिल्लाका जोखमयुक्त ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आज नै जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको प्राधिकरण सहप्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधन परिचालन गरी निःशुल्क रुपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । रासस

3390
Shares

ट्रेन्डिङ