सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • काभ्रेमा एकैदिन ४९९ जना निको भए, ३३१ जना थपिए

काभ्रेमा एकैदिन ४९९ जना निको भए, ३३१ जना थपिए

5410
Shares
काभ्रेमा एकैदिन ४९९ जना निको भए, ३३१ जना थपिए

काभ्रेमा पहिलो पटक एकैदिन ४९९ जना कोरोना सं क्रमित निको भएका छन् । कोरोना भाईरसको दोस्रो लहर फैलिए यताकै धेरै हो आज निको भएका हुन् ।

आज ३३१ जना नयाँ सं क्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले  जानकारी दिनुभयो । वितेको २४ घण्टामा काभ्रेका ३ सहित ५ जनाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा नमोबुद्ध नगरपालिकाका ७० बर्षीय महिला, धुलिखेल नगरपालिकाका ४७ बर्षीय पुरूष, पनौती नगरपालिकाका ६४ बर्षीय पुरूष छन् । त्यसैगरि भक्तपुरका ८१ बर्षीय महिला र ७२ बर्षीय पुरूषको मृ त्यु भएको छ । उनी ५ जनाकै उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ त्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

5410
Shares

ट्रेन्डिङ