सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

535
Shares
नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीहरुमा पनि बहाव बढ्ने छ ।

आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ । केही नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ ।

भारी वर्षाको सम्भावना भएको क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

535
Shares

ट्रेन्डिङ