सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा : युनिसेफ

बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा : युनिसेफ

530
Shares
बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा : युनिसेफ

काठमाडौं । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको बताएको छ ।

युनिसेफका अनुसार  बाढी र पहिरोका कारण स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएको छ । दूषित पानीका कारण झाडापखाला लगायत अनेकौं प्रकारका रोग फैलिने डर हुन्छ । उनीहरुले समयमा उपचार नपाएमा बालबालिकाहरुमा पानीको कमी र कुपोषण हुन्छ ।

मनसुन सुरु भएसँगै नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा वर्षा, बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । हामी यी देशहरुमा ६० लाखभन्दा बढी बालबालिका र तिनीहरुको परिवारको सुरक्षा र रहन-सहनलाई लिएर चिन्तित छौं, जसको घर छैन, जो विस्थापित भएका छन् र बाँच्नका लागि संघर्ष गरिरहेका छन् ।’ युनिसेफले विज्ञप्ति जारी गरी भनेको छ ।

युनिसेफले नेपालमा बाढी र पहिरोका कारण कम्तिमा १०९ जनाको मृत्यु भएको र त्यसमा ३५ जना बालबालिकाहरु रहेको तथ्यांक सार्वजनिक गरेको छ ।

‘हामी प्रभावित बालबालिका र तिनका परिवारको सहायताका लागि नेपाल सरकार र साझेदारहरुसँग मिलेर काम गरिरहेका छौं ।’ नेपालका १ हजार ८१० बालबालिकासहित ४ हजार ५४० जनासम्म युनिसेफ पुगेको र उनीहरुलाई अस्थायी आवास, भाँडाबर्तन, पानी शुद्ध पार्ने औषधि, झुल र मनोपरामर्श सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

530
Shares

ट्रेन्डिङ