सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाल केन्यासँग ५ विकेटले पराजित

नेपाल केन्यासँग ५ विकेटले पराजित

2925
Shares
नेपाल केन्यासँग ५ विकेटले पराजित

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत खेलमा केन्यासँग नेपाल पराजित भएको छ । केन्याले नेपालविरुद्ध ५ विकेटको जीत दर्ता गरेको हो ।
डिएल मेथडअनुसार केन्याले पाएको ९३ रनको लक्ष्य २४।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । सुरूवातमा बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि खेलको बीचमा वर्षा भएपछि अब केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो ।
केन्याका लागि कप्तान रकिप पटेलले सर्वाधिक ३४ रन बनाए । कप्तान पटेलले २४।१ ओभरमा छक्का हान्दै पाहुना टोलीलाई जीत दिलाए ।केन्याका कोलिन्स ओबोयाले २४ रन बनाए । इर्फान करिमले ८ रन बनाए ।
नेपालका लागि सन्दिप लामिछाने र सागर पुनले २र२ विकेट लिए । बसन्तले एक विकेट झारे। अन्य बलरले कमाल देखाउन सकेनन् । नेपालले आजको खेलमा केन्यालाई अतिरक्त ८ रन दियो ।
पहिलो पारीमा बर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, बर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो ।
वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् ।
ओपनिङमा यसअघिका खेलहरुमा जस्तै लामो पार्टनरसीप जमेन । मध्यक्रममा आएका ब्याट्सम्यान पनि लामो समय क्रिजमा टिक्न सकेनन् ।
अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका छन् । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।
ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए ।
शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका थिए। यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए ।
केन्याका लागि सेम नोङ्चे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक(एक विकेट लिए ।

2925
Shares

ट्रेन्डिङ