सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला

शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला

1125
Shares
शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला

धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चयकोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हो ? भन्ने कुरा नखुलेको उनले बताए ।

शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ ।अहिले उक्त घरमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बसिरहेका छन् ।

1125
Shares

ट्रेन्डिङ