सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको प्रहरी एकेडेमीमा करेन्ट लागेर १ जनाको मृत्यु

काभ्रेको प्रहरी एकेडेमीमा करेन्ट लागेर १ जनाको मृत्यु

1105
Shares
काभ्रेको प्रहरी एकेडेमीमा करेन्ट लागेर १ जनाको मृत्यु

काभ्रे । काभ्रेको पनौतीमा करेन्ट लागेर मृत्यु एक जनाको मृत्यु भएको छ । जिल्लाको पनौती नगरपालिका वडा नम्बर ६ मा निर्माणाधिन प्रहरी एकेडेमीमा काम गर्ने एज जना श्रमिकको करेन्ट लागेर मृत्यु भएको हो ।

आज सांझा पनौती नगरपालिका वडा न ६ ठाडोबाटोमा निर्माणाधिन प्रहरी एकेडेमीमा सप्तरी जिल्ला कृष्णसरोबर नगरपालिका घर भई प्रहरी एकेडेमीको निर्माणाधिन भवनमा लेबर काम गर्ने वर्ष २० सबिन चौधरीलाई ढलान गर्ने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागि अस्पताल पठाएकोमा अस्पतालले उपचारकै क्रममा मृत घोषण गरेको हो ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याईएकोमा अस्पतालले साझ ७ बजे उपचारको क्रममा मृत्यु भएको जनाएको काभ्रे प्रहरीका सुचना अधिकारी राज कुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

1105
Shares

ट्रेन्डिङ