सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • काभ्रेमा एकैदिनमा ७ जनामा डेंगु पुस्टि , संगक्रमितको सङ्गख्या ३२४ जना

काभ्रेमा एकैदिनमा ७ जनामा डेंगु पुस्टि , संगक्रमितको सङ्गख्या ३२४ जना

430
Shares
काभ्रेमा एकैदिनमा ७ जनामा डेंगु पुस्टि , संगक्रमितको सङ्गख्या ३२४ जना

काभ्रे :- जिल्लामा आज एकै दिन ७ जनामा डेंगु संङ्गक्रमण पुस्टि भएको छ। पछिल्लो दुई महिना यता डेंगु संङ्गक्रमणका विमारी बददै गएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार डेंगु संक्रमितको संख्या ३ सय २४ पुगेको छ । ती मध्ये १ सय ६१ महिला र १ सय ६३ पुरुष छन् । संक्रमण पुष्टी हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ । हिजो सम्म ३ सय १७ रहेको सङ्गख्या आज ३ सय २४ गुगेको हो

डेंगु संक्रमित बनेपा नगरपालिकामा सबैभन्दा बढी १२० जना, धुलिखेल नगरपालिकामा ५२ जना, पनौती नगरपालिकामा ५७ जना, पाँचखाल नगरपालिकामा २० जना, नमोबुद्ध नगरपालिकामा १२ जना, मण्डनदेउपुर नगरपालिकामा २२ जना, भुम्लु गाउँपालिकामा २४ जना, रोशी गाउँपालिकामा १० जना, तेमाल गाउँपालिकामा १ जना, बेथानचोक गाउँपालिकामा ३ जना, महाभारत गाउँपालिकामा १ जना, चौंरीदेउराली गाउँपालिकामा २ जना देखिएको छ। अहिलेसम्ममा खानीखोला गाउँपालिकामा संक्रमित नदेखिएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो।

430
Shares

ट्रेन्डिङ