सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी

सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी

370
Shares
सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी

काठमाडौं : नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। यसअघि हिजो अर्थात सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ६५ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो। यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

370
Shares

ट्रेन्डिङ