सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • पटका पड्किएर एक बालक घाइते

पटका पड्किएर एक बालक घाइते

625
Shares
पटका पड्किएर एक बालक घाइते

पोखरा । पोखरामा पटका बनाउने क्रममा पड्किएर एकजना घाइते भएका छन् ।

पोखरा–२१ फुस्रेखोलाका १७ वर्षीय असिम परियार आल्मुनियमको पातामा सलाईको काँटीले पटका बनाउँदा पड्किएर घाइते भएका हुन् ।

पटका बनाउँदै गर्दा एक्कासि पड्किएपछि उनी घाइते भएका कास्की प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ ।

उनको शरीरका विभिन्न भागमा चोट रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।

625
Shares

ट्रेन्डिङ