सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • एनआइएमबीको संस्थापक सेयर बिक्रीमा

एनआइएमबीको संस्थापक सेयर बिक्रीमा

325
Shares
एनआइएमबीको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री गर्दैछ ।

बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर १२ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

325
Shares

ट्रेन्डिङ