सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बनेपा भेलाले काभ्रेमा ओली समूहलाई स्पष्ट बहुमत

बनेपा भेलाले काभ्रेमा ओली समूहलाई स्पष्ट बहुमत

9125
Shares
बनेपा भेलाले काभ्रेमा ओली समूहलाई स्पष्ट बहुमत

काभ्रे : पुस १२ गते एउटा पार्टी प्यालेसमा सकिएको प्रचण्ड माधव समूह भेला र शनिबार लायकु मञ्चमा भएको ओली समूहको भेलाको उपस्थिति संख्यालाई आधार मान्ने हो भने काभ्रेमा ओली समूह स्पष्ट बहुमतमा देखिएको छ ।

प्रचण्ड माधव समूहले ओली समूहको भेलालाई लक्षित गरी शनिबार नै जिल्लाको विभिन्न स्थानीय तहमा छुट्टा छुट्टै कार्यक्रम गरेपनि त्यसको कुनै प्रभाव परेको थिएन् । लायकु भेलाको उपस्थिति देखेर पार्टी इन्चार्ज एवं पूर्व मन्त्री गोकुल बास्कोटा निकै हौसिएको उनको मुहारमा प्रष्ट झल्किन्थ्यो ।

कार्यकर्ताको साथ पाएका बास्कोटाले कुनै समयमा उनलाई साथ दिएका तर अहिले प्रचण्ड माधव समूहमा लागेको प्रदेश सांसद बसुन्धारा हुमागाईलाई पदको लोभी समेत भन्न भ्याए । हुमागाईलाई बास्कोटाले आरोप मात्रै लगाएनन्, अर्को प्रदेश सांसद चन्द्र लामालाई मन्त्री बनाउने बचन समेत दिन भ्याए ।

बनेपा भेलामा ओली समूहले लिखित रुपमै उपस्थिति जनाउन चाहानेका लागि पुस्तिकाको ब्यवस्था गरेको थियो । उक्त पुस्तिकामा १ हजार ८ सय ५० भन्दा बढीले आफ्नो नाम लेखेको बताइएको छ ।

बनेपाल भेलाको उपस्थिति हेर्दा तत्कालिन पूर्व एमालेबाट निर्वाचित मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका बाहेक अन्य ठाउँका जनप्रतिनिधि ओली समूहमा खुलेर लागेका छन् । धुलिखेल, बनेपा, पनौती नगरपालिका र खानीखोला गाउँपालिकामा स्पष्ट मत ओली समूहमा देखिएको छ ।

बेथानचोक गाउँपालिकामा पूर्व एमालेले लगभग ओली समूहलाई साथ दिएको देखिन्छ । महाभारतका पूर्व एमालेका नेताहरु भने अझै खुल्न सकेका छैन । चौरीदेउराली गाउँपालिकामा पूर्व एमालेले आफुहरुलाई साथ दिने ओली समूहले दाबी गरेको छ ।

ओली समूह पूर्व माओवादीभित्रका असन्तुष्ट पक्षलाई समेत साथैमा लैजाने ध्याउनका लागि लागेको छ । पार्टी समेत रहेको पूर्वमन्त्री बास्कोटाले बनेपा भेलाका अनुवा कार्यकर्तालाई पनि स्पष्टसँग यहि सन्देश दिएका छन् ।

9125
Shares

ट्रेन्डिङ