सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

635
Shares
भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

खलङ्गा । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजना सिल्ट सफाइका लागि मङ्गलबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनामा २० गते बिहान ६ देखि २१ गते बिहान ६ बजेसम्म माटो, बालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ ।

उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले उल्लेख गरेका छन् ।

रासस

635
Shares

ट्रेन्डिङ