सबैको समाचार
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • खाता नभएपनि ह्वाट्स एप चलाउन सकिने फिचर आउँदै

खाता नभएपनि ह्वाट्स एप चलाउन सकिने फिचर आउँदै

655
Shares
खाता नभएपनि ह्वाट्स एप चलाउन सकिने फिचर आउँदै

काठमाडौँ । ह्वाट्सएपले च्याटिङको दायरा विस्तार गर्न लागेको छ ।

कम्पनीले पूर्ण रूपमा नयाँ र अनौठो फिचरमा काम गरिरहेको छ, जसले ह्वाट्स एप इन्स्टल नभएको अनि ह्वाट्स एपमा एकाउन्ट नै नभएकाहरूसँग च्याट गर्न दिनेछ । वाबेटाइन्फोको रिपोर्टअनुसार यो नयाँ फिचर हाल एन्ड्रोइड बिटा संस्करण २.२५.२२.१३ मा परीक्षण भइरहेको छ ।

आगामी हप्ताहरूमा बिटा प्रयोगकर्ताहरूमा यो फिचर रोल आउट हुने अपेक्षा गरिएको छ ।

यो नयाँ फिचरलाई ‘गेस्ट च्याट्स’ नाम दिइएको छ । यसमार्फत ह्वाट्सएप प्रयोगकर्ताहरूले इन्भाइट लिङ्क पठाएर कुनै पनि गैरप्रयोगकर्तासँग सीधै च्याट गर्न सक्नेछन् । रिसिभरले न त एप डाउनलोड गर्नुपर्नेछ न त खाता बनाउनु पर्नेछ । जो व्यक्तिलाई निमन्त्रणा पठाइएको छ उसले लिङ्कमा क्लिक गर्न र व्हाट्सएप वेबमा जस्तै एउटा सुरक्षित इन्टरफेस मार्फत च्याट गर्न सक्नेछ ।

यो च्याटिङ सुविधामा एन्ड–टु–एन्ड इन्क्रिप्सन हुने पनि ह्वाट्सएपले बताएको छ । अर्थात्, प्रेसक र प्राप्तकर्ता बाहेक अरू कसैले सन्देश पढ्न सक्ने छैनन् । सुविधा भरपर्दो र छिटो होस् भनेर अतिथि च्याटको सम्पूर्ण अनुभव ह्वाट्सएपको आन्तरिक प्रणाली अन्तर्गत नियन्त्रण गरिनेछ ।

ध्यानमा राख्नु पर्ने कुराहरू

तयो ‘गेस्ट च्याट’ फिचरका केही सीमितता हुनेछन् । अतिथि प्रयोगकर्ताहरूले फोटो, भिडियो वा जिफ सेयर गर्न सक्दैनन् । यस्ता प्रयोगकर्तालाई भ्वाइस र भिडियो सन्देश उपलब्ध हुनेछैन । न त कल गर्ने विकल्प नै उपलब्ध हुनेछ । यो फिचर केवल वन–अन–वन च्याटमा सीमित हुनेछ । ग्रुप च्याट गर्न पाइने छैन ।

कम्पनीले यो फिचर लञ्च गर्ने मितिबारे कुनै आधिकारिक घोषणा गरेको छैन । तर यो फिचर छिट्टै नै बिटा प्रयोगकर्ताका लागि रोल आउट गर्न सकिने विश्वास गरिएको छ । यसपछि, सार्वजनिक प्रयोगकर्ताहरूले पनि यो सुविधा पाउने अपेक्षा गरिएको छ ।

655
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका