सबैको समाचार
बुधबार, असार ३, २०८३
  • होमपेज
  • ४० जना नेपाली महिलाको उद्धार

४० जना नेपाली महिलाको उद्धार

610
Shares
४० जना नेपाली महिलाको उद्धार

काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।

गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो ।

तर, भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई विभिन्न ठाउँबाट उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

610
Shares

ट्रेन्डिङ