सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • कोरिया रोजगारीका लागि पहिलो दिनमै १८ हजारभन्दा बढीको आवेदन

कोरिया रोजगारीका लागि पहिलो दिनमै १८ हजारभन्दा बढीको आवेदन

820
Shares
कोरिया रोजगारीका लागि पहिलो दिनमै १८ हजारभन्दा बढीको आवेदन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि पहिलो दिनमै १८ हजार ८८८ जनाले आवेदन दिएका छन्।

यो संख्या सोमबार साँझ ५ बजेसम्म आवेदन दिनेको हो।

इपिएस शाखाले नेपालीहरू युवाहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला गरेको छ।

शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५०० तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८०० हुनेछ।

कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या घटबढ हुनसक्ने उल्लेख छ। एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने उल्लेख छ।

भाषा परीक्षा पास गरेर मात्रै रोजगारीको सुनिश्चितता भने नहुने शाखाले जनाएको छ।

820
Shares

ट्रेन्डिङ