सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • पहिरोका कारण एक हजारभन्दा कन्टेनर अलपत्र

पहिरोका कारण एक हजारभन्दा कन्टेनर अलपत्र

525
Shares
पहिरोका कारण एक हजारभन्दा कन्टेनर अलपत्र

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन् ।

कन्टेनर अलपत्र पर्दा दसैँ र तिहार लक्षित सामग्री काठमाडौँ पठाउन नसकिएको हो । तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार सडक बन्द भएपछि तातोपानी क्षेत्र चिनियाँ भूभागमा कन्टेनर अलपत्र परेको बताए। उनले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएको उल्लेख गरे।

हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए।

उनले भन्छन्, ‘दसैँ र तिहारलाई लक्षित गरी आयात गरेको सामान ल्याइएको हो, तातोपानी नाकामा ३० मिटर जतिमा पहिरोका कारण समस्या आएको हो ।’

525
Shares

ट्रेन्डिङ