सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजमको ५ लाख सहयोग

धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजमको ५ लाख सहयोग

4090
Shares
धुर्मुस सुन्तली फाउण्डेशनलाई टुरिजमको ५ लाख सहयोग

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि टुरिजम डेभलपमेन्ट बैंकले ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले स्थापनाको सातौं बर्ष पुरा गरी आठौं बर्ष प्रवेश गरेको अवसर पारी उक्त सहयोग गरेको हो ।
मानवता र सदभावका लागि निर्माण गर्न लागिएको बस्तीसंगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न धुर्मुस सुन्तली फाउण्डेशनले गरेको कामको प्रसंसा गदै बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले फाउण्डेशनकL कोषध्यक्ष कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गरे ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीको काम अहिले लगभग अन्तिम चरणमा पुगेको छ । आर्थिक अभावका बिच पनि फाउण्डेशनले निरन्तर कामलाई अगाडी बढाइरहेको छ ।

4090
Shares

ट्रेन्डिङ