सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • बस दुर्घटना, कम्तीमा २६ को मृत्यु

बस दुर्घटना, कम्तीमा २६ को मृत्यु

4390
Shares
बस दुर्घटना, कम्तीमा २६ को मृत्यु

बैशाख २४, लागोस । नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ। दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिए।
घटनामा परी बालबालिकासहित ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए प्रत्यक्षदर्शीहरूले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिने गरी जलेको बताएका छन।सडक दुर्घटनामा परी धेरै जनाको मृत्यु हुने देशहरुमध्ये नाइजेरिया विश्वमै अग्रपङ्क्तीमा पर्दछ।
सडकको अवस्था नाजुक,राम्रोसँग मर्मत नगरिएका सवारीसाधान, ट्राफिक नियमको उलङ्घन, चालकहरुको हेलचक्रयाइँ र अनुगमनको अभावका कारण दुर्घटना धेरै हुने गरेको अधिकारीहरुको भनाइ छ।

4390
Shares

ट्रेन्डिङ