सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • दोस्रो चरणको निर्वाचन मिति रमजान पछाडि सार्न मुस्लिम समुदायको माग

दोस्रो चरणको निर्वाचन मिति रमजान पछाडि सार्न मुस्लिम समुदायको माग

5020
Shares
दोस्रो चरणको निर्वाचन मिति रमजान पछाडि सार्न मुस्लिम समुदायको माग

नेपालगन्ज, १२ जेठ । मुस्लिम समुदायले पवित्र रामजान महिनामा निर्वाचन नगर्न माग गरेको छन् । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ मार्फत प्रधानमन्त्रीलाई निर्वाचनको मिति रामजान पछाडि सार्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । ‘मुस्लिम समुदायको धार्मिक भावनाको कदर गर्दै निर्वाचनको मिति रामजान महिना पछाडी सार्न सरकारको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पेश गरेको छौ ।’
ज्ञापन पत्रमा भनिएको छ । नेपालको संविधानमा व्यवस्था भएको धर्म्निरपेक्षताको अधिकार र मतदानको अधिकार समेत सुनिश्चित गर्न निर्वाचन सार्नु अपरिहार्य रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मुस्लिमहरुको पवित्र रामजान महिना जेठ १२÷१३ गतेबाट शुरु भई असार १२÷१३ गते समापन हुनेछ । उनीहरुले सो अवधी पानी समेत नपिई रोजा(व्रत) बस्छन् । रोजाको अवधिभर विहान ४ बजेबाट बेलुका सवा ७ बजेसम्म मुस्लिम समुदायले अन्न,पानी समेत नखाई ब्रत बस्ने भएका कारण मुस्लिम उम्मेदवार र मतदाता दुवैलाई प्रभाव पर्ने ज्ञापन पत्र बुझाउदै मस्लिम हक अधिकार संरक्षण मञ्च नेपालगन्जका अध्यक्ष महमुद आलम सिद्धिकीले बताउनुभयो । उनले उम्मेदवार र कार्यकर्तालाई जेठ महिनाको उर्खमालो गर्मीमा व्रत बसि प्रचार प्रसारमा धेरै अफ्ठयारो पर्ने र मतदाताको सहभागिता प्रभावित हुने समेत बताउनुभयो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी पन्थ तत्कालले ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिनुभयो ।

5020
Shares

ट्रेन्डिङ