सबैको समाचार
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • ५८ लाख ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

५८ लाख ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

120
Shares
५८ लाख ठगी आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् । उनले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै  लोकेन्द्र नारायण श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेका थिए ।

पटक-पटक रकम फिर्ताका लागि मागेपछि उनले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए ।  उक्त चेक बाउन्स भएपछि उनले कानुन प्रक्रिया अघि बढाएका थिए ।

झम्सी खेलबाट पक्राउ परेका ८१ वर्षीय वृद्ध पौड्यालाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ ।

120
Shares

ट्रेन्डिङ