सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

3270
Shares
कलाकार परियारलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग

काठमाडौँ, १२ जेठ । कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ । तनहुँ काठमाडौँ इन्टेलेक्च्युल डेमोक्रेटिक सोसाइटी(टिकिडस्)ले परियारको १३ औँ पुण्य तिथिका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा सो माग गरिएको हो । कार्यक्रममा सांसद रामचन्द्र पोखरेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतले प्रतिभाशाली कलाकारको हत्या भएकामा निन्दा गर्दै उहाँलाई ‘निर्वाचन सहिद’ घोषणा गर्न माग गर्नुभयो ।
गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदान गरेलगत्तै उहाँको तनहुँको दमौलीमा हत्या गरिएको थियो । टिकिडस्का सभापति यदुनाथ खनालले परियारका परिवारलाई राहत एवम् बालबच्चाको शिक्षादीक्षा पालनपोषणका लागि सहिद घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलाकारको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो । सो अवसरमा विभिन्न कलाकारले विविध गीत गाउनाका साथै विभिन्न कला प्रदर्शन गर्नुभएको थियो । रासस

3270
Shares

ट्रेन्डिङ