काठमाण्डाै / यूएईमा भइरहेको टी १० लिग क्रिकेटको लिग चरणका खेल सकिएका छन् । मंगलबारदेखि सुपर लिगको खेल सुरु भइसकेको छ । सुपर लिगमा २२ नोभेम्बर अर्थात् शुक्रबार नेपालका दुवै खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम आमने सामने हुने छन् । यो खेल शुक्रबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि सुरु हुनेछ ।
अहिलेसम्म पारसले २ वटा खेलमा टिममा स्थान बनाए भने सन्दीपले तीन वटामा बनाइसकेका छन् । सन्दीपले अहिलेसम्म तीन विकेट हात पारेका छन् भने पारसले पनि नट आउट ४ रन जोडेका छन् । सन्दीपले सोमबार सबैभन्दा महँगो ओभर बलिङ गरेका थिए । उनको एकै ओभरमा किरन पोलार्डले ३० रन दिएका थिए । पारस भने सोमबारको टिममा परेका थिएनन् ।