सबैको समाचार
आइतवार, माघ ६, २०८१
  • होमपेज
  • फोनबाट निरुतालाई आयो बलात्कार गर्ने धम्की

फोनबाट निरुतालाई आयो बलात्कार गर्ने धम्की

3335
Shares
फोनबाट निरुतालाई आयो बलात्कार गर्ने धम्की

म्युजिक भिडियोहरुमा देखिँदै आएकी मोडल निरुता क्षेत्रीले आफुलाई बलात्कारको धम्की आएको बताएकी छिन् । नाचिदेउ नाचिदेउ बोलको गीतको छाँयाकनका क्रममा उनलाई फोनबाट यस्तो धम्की आएको हो ।
पहिले पनि एकदुई पटक कल आईसकेको नम्बरबाट नचिनेको मान्छेले फोन गरेर सुटिङस्थलमै बलात्कार गर्न नपरोस् भन्दै धम्की दिएको उनले बताएकी छिन् । ती व्यक्तिले फेरी भोली तेरो नाममा बलात्कार भएको समाचार आउला होस् गर भनेर फोन राखेको उनको भनाई छ । एक अनलाईनसँग कुराकानी गर्दै उनले अब पुलिस प्रशासनको सहायता लिनु पर्ने अवस्था आएको बताएकी छिन् ।
मोडल निरुताले आफुलाई गायनक्षेत्रमा पनि स्थापित गराईसकेकी छिन् । उनले केहि तिज गीतसँगै आईटम गीत पनि बजारमा ल्याएकी छिन् । शनिबार सत्यराज चौलागाईको निर्देशनमा सुटिङ भईरहेको ‘नाँचिदेऊ नाँचिदेऊ’ आईटम गीतमा पनि निरुताले आईटम डान्स गरेकी छिन् । गीतमा सुरेन बस्यालले कोरियोग्राफी गरेका छन् भने संकल्प भुजेलले खिचेका छन् । त्यस्तै भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गर्नेछन् ।
-गज्जबको अनलाईन बाट

3335
Shares

ट्रेन्डिङ