सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • १० वर्षमै २ सय किलो तौलको बच्चा

१० वर्षमै २ सय किलो तौलको बच्चा

2305
Shares
१० वर्षमै २ सय किलो तौलको बच्चा

फास्टफूडले बच्चा तथा वयस्क सबैको स्वास्थ्यमा असर पारिरहेको छ । डाक्टरहरु पनि बच्चाहरुलाई फास्टफूडबाट टाढै राख्न सल्लाह दिन्छन् । तर फास्टफूडको स्वादका कारण बच्चाहरु फास्टफूडहरु प्रति लत नै बसाल्छन् । इण्डोनेसियामा दश वर्षको एक बालकको पनि चाउचाउ र कोकाकोलामा लत बसेको छ । सोही लतका कारण खाँदा खाँदा उनको जिउको वजन २ सय किलो पुगेको छ ।
अत्यधिक मोटोपनाका कारण ती बालक न त स्कुल जान सक्दछन् न त राम्रोसँग हिँडडुल नै गर्न सक्छन् । आर्य मोसन्त्री नामका ती बालक चाउचाउ, भात, मासु, माछा, कोकाकोला लगायतका खानेकुरा निरन्तर खाइरहन्छन् ।
यति धेरै खाँदा पनि उनलार्य भोक लागिरहन्छ । डाक्टरले उनको स्वास्थ्य जाँच गरी मांसाहारी भोजन नगर्न सल्लाह दिए, तर त्यसो गर्दा पनि उनको वजन घटेन । अन्ततः डाक्टरहरुले उनको शल्यक्रिया गर्नुपरेको छ ।
आर्यकी आमा रकैयाका अनुसार उनले ३ जना मानिसले बराबर खानेकुरा खान्छन् । उनको गत अप्रिल १७ मा पहिलेपटक सर्जरी गरी ९ किलो वजन घटाइयो । अहिले उनको तौल थप १६ किलो घटिसकेको छ ।
-एजेन्सी

2305
Shares

ट्रेन्डिङ