सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजपा सुनसरीको पूरै जिल्ला समिति माओवादीमा प्रवेश

राजपा सुनसरीको पूरै जिल्ला समिति माओवादीमा प्रवेश

3000
Shares
राजपा सुनसरीको पूरै जिल्ला समिति माओवादीमा प्रवेश

काठमाडौं, १७ जेठ । पूरा जिल्ला समितिसहित राष्ट्रिय जनाता पार्टी (राजपा) नेपालका सुनसरी अध्यक्ष उमेश साह माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ– माओवादी केन्द्र इटहरीले मंगलबार वडा नम्बर १७ मा गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा साह सिंगो जिल्ला समितिसहित माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
नयाँ संविधान, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, आर्थिक सामाजिक रुपान्तरणको एजेन्डा स्थापित गराउन आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको उनले बताए । सो कार्यक्रममा वैद्य माओवादीका नेता रामप्रसाद पौडेल, मानबहादुर बस्नेत पनि माओवादी केन्द्र प्रवेश गरे । त्यस्तै संघीय समाजवादी पार्टी जिल्ला सदस्य विवीहाङ राईको नेतृत्वमा भीमबहादुर राई, इन्द्रकुमार भुजेल, मनिकला राईलगायत पनि माओवादी केन्द्रमा प्रवेश गरे ।

3000
Shares

ट्रेन्डिङ