सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एमाले काभ्रेबाट को–को चयन भए महाधिवेशन प्रतिनिधि ?

एमाले काभ्रेबाट को–को चयन भए महाधिवेशन प्रतिनिधि ?

4765
Shares
एमाले काभ्रेबाट को–को चयन भए महाधिवेशन प्रतिनिधि ?

निकै वि वा दका बीच एमाले काभ्रेले १० औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मति महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

काभ्रेबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको एमाले काभ्रे जनाएको छ । महाधिवेशन प्रतिनिधिका लागि १०५ जनाले उम्मेदवारी दर्ता गरेका थिए । एमाले काभ्रेको २२ हजार ५५ जना संगठीत सदस्य छन् ।

छनौट भएका प्रतिनिधिमा धेरै जसो जनप्रतिनिधि छन् । खुल्ला तर्फ एमाले काभ्रे जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिका मेयर अशोक बयान्जु, जिल्ला कमिटी सचिब नारायण पाण्डे, कुमार थापा, रेशमवहादुर लामा, राजन भुर्तेल, पूर्वमन्त्री एवं प्रदेश सांसद चन्द्र लामा, कञ्चन अधिकारी, विदुरप्रसाद सापकोटा महाधिवेशन प्रतिधिनि चयन हुनुभएको छ ।

त्यसैगरी खुल्ला तर्फबाटै केशव बडाल, दिलिप तामाङ, चुडामणि गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ, कृष्णवहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण वस्ताकोटी, राजकुमार सापकोटा, वेदप्रसाद तिमल्सिना, श्यामसुन्दर श्रेष्ठ रहनुभएको छ ।

म्हिला कोटाबाट प्रदेश सांसद गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गीता बन्जारा, शान्ता न्यौपाने, रिता ढकाल, बिमला शर्मा, सुभद्रा अधिकारी, बिमला सापकोटा, भक्तकुमारी लामा रहनुभएको छ ।

समावेशी कोटाबाट तेज नेपाली, इन्दिरा मिजार र गीता सुनार सर्बसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । एमालेको १० राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुदैँछ ।

4765
Shares

ट्रेन्डिङ