सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • तोडफोड भएपछि बञ्चरेडाँडा पुगेका गाडी फोहोर बोकेरै काठामाण्डौँ फर्किए

तोडफोड भएपछि बञ्चरेडाँडा पुगेका गाडी फोहोर बोकेरै काठामाण्डौँ फर्किए

6835
Shares
तोडफोड भएपछि बञ्चरेडाँडा पुगेका गाडी फोहोर बोकेरै काठामाण्डौँ फर्किए

काठमाण्डौको फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि फोहोर बोकेरै फर्किएका छन् । स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका हुन् ।

स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू काठमाडौं फर्किन थालेका हुन् । दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । मंगलबार प्रहरीको सुरक्षामा डेढ सय बढी ट्रक फोहोर फालिएको थियो ।

काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि उठ्न थालेको छ । तर, फोहोर व्यवस्थापन गर्ने क्षेत्रहरू सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर निरन्तर अवरोध गर्दै आएका छन् । मंगलबार पनि स्थानीयको अवरोधकाबीच बल प्रयोग गरेर फोहोर फालिएको थियो ।

6835
Shares

ट्रेन्डिङ