सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • १२ बर्षे मकर मेला हेर्न उर्लिएको मानव सागर

१२ बर्षे मकर मेला हेर्न उर्लिएको मानव सागर

8820
Shares
१२ बर्षे मकर मेला हेर्न उर्लिएको मानव सागर

 

 

पनौतीमा लाग्ने १२ बर्षे मकर मेलामा मानव सागर उर्लिएको छ । हिजो शनिबार र मकर मेलाको अन्तिमदिन त्रिवेणीधाम पुग्ने भक्तजनको मानव सागर देखिएको हो ।

 

मेला भर्न र दर्शन गर्न आएका भक्तजनको भिड अझै पनि कायमै छ । लाखौँको संख्यामा भक्तजनहरु पनौती पुगेको अनुमान गरिएको छ । हिजो शनिबार अरनिको राजमार्गको सूर्यविनायक बनेपा खण्ड र बनेपा पनौती सडक अत्यन्तै ब्यस्त थियो ।

 

हजारौँ भक्तजनहरु बनेपादेखि हिडेर पनौती पुगेका छन् । बनेपादेखि पनौतीसम्म ६ किलो मिटर दुरी रहेको छ । हिजो मेलाको अन्तिम दिन भएकाले पनि भक्तजनहरुको भिड थामिनसक्नु गरी उर्लिएको हो ।

 

ब्यवस्थापन गर्नै मुस्किल पर्ने गरी सबै जना एकैदिन मेला भर्न निस्कदाँ पनौती, बनेपा, साँगा हुँदै सूर्यविनायकसम्मको ट्राफिक ब्यवस्था अस्तब्यस्त बनेका थियो । सवारी साधनको चाप अत्याधिक भएपछि घण्टौँ जाम परेको थियो ।

 

 

बनेपा हुँदै राजधानी पूर्व जाने कयौँ सवारी साधन र त्यसमा सवार यात्रुहरुले हैरानी खेपेका थिए । कोभिडका कारण मेला सुरु हुँदा भक्तजनको भिड निकै कम थियो । त्रिवेणीधाम लगभग सुनसान जस्तै देखिन्थ्यो ।

 

तर मेलाको अन्तिम सातादेखि भने पनौती भरिर्दै आएको थियो ।हिजो भिड धानिनसुक्नुको थियो । यो मेला ऐतिहासिक छ । यसमा कयन पौराणिक आस्था र विश्वास जोडिएको छ । प्रत्येक १२ वर्षको माघ महिनाभर एक पटक मेला लाग्ने गर्छ ।

 

8820
Shares

ट्रेन्डिङ