सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको क्षेत्र नम्बर एकमा काग्रेसको जित सुनिश्चित

काभ्रेको क्षेत्र नम्बर एकमा काग्रेसको जित सुनिश्चित

6465
Shares
काभ्रेको क्षेत्र नम्बर एकमा काग्रेसको जित सुनिश्चित

एमालेको आशा गर्दा काभ्रेमा माओवादी पत्तासाफ
इन्द्रवहादुर थापा  ,बनेपा÷मंसिर २१ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जाँदा राजनितिक दल तथा उम्मेदवारहरुको मुटुको ढुकढुकी बढ्न थालेको छ । आफूलाई प्रजातन्त्र तथा लोकतन्त्रका हिमायति ठान्ने नेपाली कांग्रेसले गाउँ गाउँमा आफ्नो पक्षमा माहौल बढ्न थालेपछि चुनाव जितिनेमा ढुक्क देखिएका छन् भने प्रपोगण्डामा निपुण वाम गठबन्धन के प्रपोगाण्डा गरेर कांग्रेसका उम्मेदवारका समर्थकका मत आफूतिर तान्न सकिन्छ भन्ने कुरालाई मध्यनजर राखी वैठकहरु बस्न व्यस्त देखिएको वामगठबन्धनका एक कार्यकर्ताले नाम नबताउने सर्तमा बताएका छन् ।
नेपाली काग्रेसका बलिया चर्चित उम्मेदवार र बाम गठबन्धनका कमजोर उम्मेदवारका कारण काभ्रे क्षेत्र नंम्बर १ को तीनै सिटमा काग्रेस उम्मेदवारको जित सुनिश्चित बन्दै गएको आम काभ्रेलीको ठम्याइ छ । नेपाली काग्रेसको जित सुनिश्चित हँुदै गए संगै विपक्षिहरुले गाउँ गाउँमा भोज भतेर लगायतका कार्यहरु गरिरहेको समाचारस्रोतले जनाएको छ । उनीहरुले मतदातालाई पैसा समेत बाड्न शुरु गरेको स्रोतले बताएको छ । वाम गठबन्धनका तर्फ बाट कमजोर र गाउँपालिका समेत हार वेहोरेको उम्मेदवार चुनावी मैदानमा आए पछि नेपाली काग्रेसका यूवा नेताहरुलाई जनताको साथ सहयोगले गर्दा यति बेला काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को तिनै सिट जितको लगभग पक्कापक्की भईसकेको छ ।
प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा माओबादीका गंगावहादुर दोङ (बमध्वज) चुनावि मैदानमा छन् । बमध्वज तिर्थ लामाको अगाडी निकै कमजोर उम्मेदवार हुन । बमध्वज विरुद्ध माओबादी कै पुर्व सांसद सुर्यमान दोङ लालध्वज को समेत भित्री सहयोग नरहेको र गठबन्धनका एमाले कार्यकर्ताहरुको पुर्ण साथ र सहयोग पाएका छैनन् । साथै चौरीदेउराली गाउँपालिका प्रमुख दिनानाथ गौतम पक्षीय माओवादी केन्द्रका कार्यकर्ताहरुले समेत बमध्वजलाई असहयोग गर्ने चौरी देउरालीका एक स्थानीयले बताए । प्रतिनिधि सभा क्षेत्र नं. १ को उम्मेदवारीका लागि सूर्यमान दोङ ‘लालध्वज’ र दिनानाथ गौतमले चाहना राखेका थिए । दुई मध्ये एक जसले उम्मेदवारी पाए पनि हुने आकांक्षा राखेका थिए ।
तर बमध्वजले उनीहरुलाई छिर्के हानी क्षेत्र नं. १ प्रतिनिधी सभाको टिकट ल्याए पछि दोङ र गौतम दुबै बाहिरी रुपमा उनलाई सहयोग गर्न साथै हिँडे पनि मत भने उनीहरुको पक्षमा नरहने विश्वस्त स्रोतको दाबी छ । उनीहरु दुबै जना बमध्वजको महत्वकांक्षाले राजनितीमा आफूहरु पछि पर्न सक्ने आंकलन गरिरहेको गौतम निकट एक कार्यकर्ताले बताए ।क्षेत्र नम्बर १ मा यस अघिको संविधानसभा निर्वाचनमा अत्याधिक मतका साथ तिर्थ लामा विजयी भएका उम्मेदवार हुन भने बमध्वज स्थानीय निर्वाचनमा तिमाल गाउँपालिकामा नराम्रो संग पराजित भएका नेता हुन् ।
नेपाली काग्रेसका सलाम सिं लामासँग गाउँपािलकामा तेस्रो र्हसयितमा मत ल्याइ हार व्यहोरेका बमध्वज एमालेको मतले चुनाव जित्ने दाउमा चुनाव उठे पनि उनलाई प्रतिनिधि सभा १ का कुनै पनि एमालेको कार्यकर्ताहरुले भोट नहाल्ने स्रोतले बताएको छ । कुनै बेला त्यस क्षेत्रका एमाले कार्यकर्ताहरुलाई दुःख दिएका बमध्वजलाई अहिले त्यो बेला उनले जनता तथा एमाले कार्यकर्ता माथि गरेको व्यवहार फलामको चिउरा साबित भएको छ । हिजोको पीडा भुलेर कुनै हालतमा बमध्वजलाई मत हाल्न नसकिने एमाले कार्यकर्ताहरुको ठम्याइ छ ।
प्रदेशसभा तर्फ १ ‘क’ का उम्मेदवार सिवि लामा लामो समयदेखि काग्रेस राजनीतिमा सक्रिय नेता मात्र हैनन विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहि आफ्नो क्षेत्रमा विकास गरेका चर्चित व्यक्ति हुन् । उनीसँग वाम गठबन्धनका रत्न ढकाल उठे पनि उनलाई खासै जनताको बिच परिचित ब्यक्ति होईन् । लामाको अगाडि ढकाल फिक्का देखिएका छन् । राष्ट्रिय स्तरमा समेत चर्चित रहेका सिवि लामाको अगाडी गठबन्धनका ढकाल तुलना हुन नसक्ने मतदाताहरुले बताएका छन् । उनी पनि एमालेको मतको आशामा चुनाव उठे पनि एमालेले आफ्नो पार्टीको कुनै उम्मेदवार नभएको भन्दै संगठित मत उनलाई पनि नआउने भए पछि यति बेला वाम गठबन्धन बिच किचलो शुरु भईसकेको छ ।
प्रदेशसभा तर्फ ‘ख’ का  उम्मेदवार गणेश लामा अर्को चर्चित व्यक्तित्व हुन् । काभ्रे क्षेत्र नम्बर १ मा काग्रेसका तीनै जना उम्मेदवार युवा पुस्ताका र चर्चित भएकोले यहाका् चुनावी माहौल काग्रेसमय बन्दै गएको छ ।  यता प्रदेश नम्बर २ को ख मा गणेश लामाको विरुद्ध गठबन्धनका तर्फबाट निर्माण व्यवसायी चन्द्र लामाले उम्मेदवारी दिएका छन् । गणेश लामाको अगाडी चन्द्र लामा चुनावी प्रचार पनि फिक्का हुदै गएको छ ।
वाम गठबन्धनले मतदाता सामू आफ्नो एजेण्डाहरु बुझाउनु भन्दा पनि कांग्रेसका उम्मेदवारहरुको बारे नकारात्मक कुरा गरी मत तान्ने असफल प्रयास गरिरहेका छन् । एमालेको मत माओवादी केन्द्रलाई र माओवादी केन्द्रको मत एमालेलाई नआउने स्थिति देखिए पछि एमाले र माओवादी केन्द्रका नेताहरु तनावमा रहेको बताइन्छ । जतिसुकै प्रयास गरे पनि माहौल आफ्नो अनुकुल नभए पछि १ नं. क्षेत्रका वाम गठबन्धन निरास भइसकेका छन् । पराजित मानसिकता बोकी झिनो आशाासाथ उनीहरु पनि मतादाता सामू गैरहेका छन् ।
-काभ्रे सन्देश साप्ताहिक बाट

6465
Shares

ट्रेन्डिङ