सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • उपकरण नजोड्दै एमडीएमएस लागू गरेको दूरसञ्चारको घोषणा

उपकरण नजोड्दै एमडीएमएस लागू गरेको दूरसञ्चारको घोषणा

1965
Shares
उपकरण नजोड्दै एमडीएमएस लागू गरेको दूरसञ्चारको घोषणा

उपकरण नै आयात नगरी कर छलिएका मोबाइल फोनहरु नेपालमा नचल्ने प्रविधि लागू गरेको भनी नेपाल दूरसञ्चार प्राधिकरणले प्रचार गरेको छ ।

२० कात्तिकदेखि कर छलेर नेपाल भित्र्याइएका फोन निष्क्रिय बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्णरुपमा लागू भएको घोषणा गरिएको थियो ।

प्राधिकरणले अहिलेसम्म दर्ता नगरिएका र कर छलिएका भनेर करिब ८०४ वटा फोन नचल्ने भनी बन्द गराएको घोषणा गरेको छ । ती फोनहरु प्राधिकरणले आफ्नो प्रणालीबाट नभई मोबाइल सेवा प्रदायक कम्पनी (अपरेटर)हरुलाई सूची पठाएर बन्द गर्न लगाएको नेपाल टेलिकम स्रोतले बताएको छ ।

नेपाल टेलिकम स्रोतले प्राधिकरणबाट हरेक मोबाइल अपरेटर कम्पनीलाई मौखिक निर्देशन दिएर त्यस्ता फोनको आईएमईआई नम्बरहरु पठाइएको र त्यसैगरी सूची आएको आधारमा नम्बर हेरेर फोन सेट नचल्ने बनाइएको , प्राधिकरण आफूले फोन निष्कृय नबनाएको बताएको छ ।

1965
Shares

ट्रेन्डिङ