सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लुट २ ले लुट्यो बजार चार दिनमै कमायो ५८९ लाख

लुट २ ले लुट्यो बजार चार दिनमै कमायो ५८९ लाख

4665
Shares
लुट २ ले लुट्यो बजार चार दिनमै कमायो ५८९ लाख

गत शुक्रबार शिवरात्रीको सार्वजनिक विदा परेर नेपालभर प्रदर्शनमा ल्याइएको फिल्म ‘लुट २’ ले प्रदर्शनको पहिलो दिनमै १ करोड ५२ लाखको व्यापार गरेको फिल्म निर्माता नरेन्द्र मर्हजनले बताए ।
पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो । ‘लुट–२’ ले यस अघिको चर्र्चित नेपाली चलचित्र ‘छक्का पञ्जा’ को रेकर्ड समेत तोडेर अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको छ ।
गत शनिबार फिल्मले १ करोड ६६ लाखको कलेक्सन गरेको र तुलनात्मक रुपमा आइतबार भने ७३ लाख कलेक्सन गरेर फिल्मले केही फितलो व्यापार गरेको तापनि सोमबार साँझसम्म फिल्मले १ करोडमाथिको व्यपार गरेर र सोमबार काठमाडौं बाहिर मात्रै लगभग २५ लाखको व्यापार भएको निर्माता मर्हजनले जानकारी दिए ।
कलाकार दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, प्रवीण खतिवडा, कर्मा शाक्य लगायतले फिल्ममा अभिनय गरेको यस चलचित्रलाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

4665
Shares

ट्रेन्डिङ