सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लुमा मुलखर्क भिम्सेनथान मन्दिर निर्माणमा ढिलाइ

काभ्रेको भुम्लुमा मुलखर्क भिम्सेनथान मन्दिर निर्माणमा ढिलाइ

14135
Shares
काभ्रेको भुम्लुमा मुलखर्क भिम्सेनथान मन्दिर निर्माणमा ढिलाइ

धुलिखेल, २३ जेठः काभ्रेको भूम्लु गाउँपालिका वडा नम्बर १ सापिङ्गको मुलर्खक भिमसेनथान मन्दिर निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । बागमति प्रदेश सभाका सदस्य लक्षमण लम्सालको पहलमा मन्दिर निर्माणका लागि विनियोजित ५० लाख र गाउँपालिकाको ३० लाख गरी ८० लाख रुपैयाँ बजेट परेको छ । तर काम भने अहिलेसम्म अघि बढ्न सकेको छैन ।

२०७६ साल पुस २० गते वडाध्यक्ष खिर बहादुर श्रेष्ठको उपस्थितिमा स्थानीय रेशम बहादुर तामाङ अध्यक्ष रहेको उपभोक्ता निर्माण समिति गरिएको थियो । तर यो समितिलाई निर्माणको काम गर्ने भन्दा पनि रेखदेख गर्ने अख्तियारी दिइएको थियो । पालिकाले ठेकेदार मार्फत काम गर्ने भनेको थियो । तर लामो समयसम्म पनि पालिकाले टेण्डर आह्वान नगरेर चैत ९ गते तामाङ अध्यक्ष रहेकै समितिलाई योजना सम्झौता गरेको थियो ।

योजना सम्झौता भएको दुई दिन पछि नै लकडाउन सुरु भएकाले मन्दिर निर्माणको काम अघि बढ्न नसकेको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए । योजना सम्झौता भएपनि उपभोक्ता समितिले पेश्की समेत लिएको छैन । ‘सुरुमा हामीलाई काम गर्ने जिम्मा दिइएको थिएन्, योजनाको रेखदेख मात्रै गर्ने भनिएको थियो, तामाङले भने ‘तर पछि उपभोक्ता समिति मार्फत नै काम गरौँ, योजना सम्झौता गर्नु पर्यो भन्नु भयो, योजना त सम्झौता भयो तर लगत्तै लकडाउनले गर्दा काम अघि बढ्न सकेन ।’

भिमसेनथानमा गणेशको मन्दिर बनाउने, दुई वटा पिकनिक स्पोर्ट र महिला–पुरुष शैचालय बनाउने भनिएको छ । तर सुरुमा के–के पूर्वाधार बनाउने भन्ने नै अन्योल भएका कारण पनि काम अघि बढ्न नसकेको स्थानीयहरु बताउँछन् । चालु आर्थिक वर्षभित्रै सकाउनु पर्ने बजेट जेठ अन्तिमसम्म पनि खर्च हुन नसकेपछि गाउँको विकास निर्माणका लागि आएको बजेट फिर्ता जाने चिन्ता बढेको स्थानीय प्रल्हाद खत्रीले बताए । ‘अबको एक महिनाभित्र कसरी काम सकिन्छ भन्ने चिन्ता लागेको छ, हाम्रो त यो लेकको ठाउँ हो बर्षा हुन थालिसक्यो, खत्रीले भने ‘जुन प्रयोजनका लागि गाउँमा पैसा आएको हो त्यो रकम समयमै गुणस्तरीय कामका लागि खर्च हुदँैन कि भन्ने चिन्ता बढेको छ ।’

उपभोक्ता समितिका अध्यक्ष तामाङले अर्को बुधबार, बिहीबारबाट काम सुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको बताए । निर्माणका लागि आवश्यक पर्ने सामग्री समेत नपाएकाले लकडाउनको बीचमा काम सुरु गर्न नसकिएको उनको भनाइ छ ।

14135
Shares

ट्रेन्डिङ