सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते

छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते

760
Shares
छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते

रौतहट। रौतहट स्थित घरायसी विवादका कारण आक्रोसित एकजना छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते भएका छन्

जिल्लाको देवाही गोनाही नगरपालिका ३ देवाही टोलका ७० बर्षीय कंचन बैठालाई शनिवार साँझ ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका हुन्।

गम्भीर घाइते बैठाको चिन्ताजनक अवस्था उपचारको लागि बिरगंज लगिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

घटना लगतै ईलाका प्रहरी कार्यालय गोनाहिबाट इन्स्पेक्टर कमलकुमार लुङ्गेलीको नेतृत्वमा गएको टोलीले आरोपी छोरा रबिन बैठालाई पक्राऊ गरी आफ्नो हिरासतमा राखेको छ ।

760
Shares

ट्रेन्डिङ