सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा ३ जना कोरोना संक्रमित थपिए

काभ्रेमा ३ जना कोरोना संक्रमित थपिए

7325
Shares
काभ्रेमा ३ जना कोरोना संक्रमित थपिए

धुलिखेल, २ बैशाख : काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र झाका अनुसार थपिनेमा धुलिखेल नगरपालिका र रोशी गाउँपालिकाका १/१ जना पुरुष छन् । त्यस्तै पाँचखाल नगरपालिकाका १ जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या काभ्रेमा संक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ । जसमा १५ जना महिला र ११ जना पुरुष छन् । संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् । ५ जना अस्पतालको आइसोलेसनमा छन् भने २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी संक्रमितको संख्या धुलिखेल नगरपालिकामा छ । धुलिखेलमा १२ जना संक्रमित छन् । बनेपा नगरपालिका र रोशी गाउँपालिकामा ३/३ पाँचखाल र पनौतीमा २/२ जना संक्रमित रहेका छन् । त्यस्तै तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकामा १/१ जना संक्रमित रहेका छन् ।

7325
Shares

ट्रेन्डिङ