सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ठगी गरेको आरोपमा काभ्रेका ‘मेनपावर’ सञ्चालक पक्राउ

ठगी गरेको आरोपमा काभ्रेका ‘मेनपावर’ सञ्चालक पक्राउ

2585
Shares
ठगी गरेको आरोपमा काभ्रेका ‘मेनपावर’ सञ्चालक पक्राउ

काभ्रे । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने भन्दै  ठगी गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेललाई पक्राउ गरेको छ ।

पौडेलले युरोपमा पठाइदिने जनाउँदै १९ लाख ६० हजार रुपियाँ ठगी गरेका थिए ।

पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि बीस लाख रुपियाँ लाग्ने प्रलोभन देखाएका थिए । पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई तीन लाख रुपियाँभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा १९ लाख ६० हजार रुपियाँ ठगी गरेको जनाइएको छ ।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताएका छन् ।

2585
Shares

ट्रेन्डिङ