सबैको समाचार
आइतवार, असार ७, २०८३
  • होमपेज
  • कोइरालाप्रति श्रद्धाञ्जलि

कोइरालाप्रति श्रद्धाञ्जलि

8385
Shares
कोइरालाप्रति श्रद्धाञ्जलि

काँग्रेसका पूर्व सभापति तथा संविधान जानी गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्नुभएका तत्कालीन सभापति सुशील कोइराला प्रति आज एक कार्यक्रम गरी भावपूर्ण श्रद्धाजली अर्पण गरियो । केन्द्रीय कार्यालय सानेपाद्वारा आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन र निधारित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व सुशिल कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बक्ताहरुको भनाई थियो ।
सभापति शेरबहादुर देउवाले कोइरालाको दृढ अठोटले मात्र नेपालमा संविधानबाट संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै संविधान कार्यान्वयन अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो ।  वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताउँदै संविधान जारी गर्दाको दृढता दलहरुले कार्यान्वयनमा पनि देखाउनुपर्ने उल्लेख गर्नुभयो ।
आगामी निर्वाचनको कार्यसूची तय गरी काँग्रेस जनतामाझ जानुपर्ने सुझाव दिँदै उहाँले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई टुङ्ग्याई शीघ्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गर्दै संविधानको कार्यान्वयन र निर्धा्रित समयमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति श्रद्धाञ्जलि हुने बताउनुभयो ।
कार्यक्रममा पार्टी कोषाध्यक्ष एवम् शान्ति तथा पुनःस्थापना मन्त्री सीतादेवी यादवले संविधानको संशोधन नभई सफल कार्यान्वयन हुन नसक्ने बताउँदै पार्टीमा गुटउपगुटको अन्त्य गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका नेता एवम् पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, काठमाडौँ काँग्रेसका सभापति सबुज(कृष्ण) बानियाँ र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले मुलुक र जनताका लागि स्व कोइरालाले गरेको त्याग तथा योगदानका बारेमा चर्चा गर्दै संविधान कार्यान्वयनमा सबै दल एकजुट हुुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कोइरालाको अकल्पनीय रुपमा २०७२ माघ २५ गतेराति निधन भएको थियो ।

8385
Shares

ट्रेन्डिङ