सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • निर्वाचनमा जान राजपालाई भारतीय राजदूतको सुझाब

निर्वाचनमा जान राजपालाई भारतीय राजदूतको सुझाब

4955
Shares
निर्वाचनमा जान राजपालाई भारतीय राजदूतको सुझाब

काठमाडौं, १७ जेठ । भारतीय राजदूतले स्थानीय निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई सुझाब दिएका छन् । मंगलबार बिहान राजपाका नेताहरूलाई दूतावासमै डाकेर राजदूत मञ्जीवसिंह पुरीले यस्तो सुझाब दिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– राजपाका अध्यक्षमण्डलका पाँचजना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शरत्सिंह भण्डारी कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छाडेर राजदूत पुरीसँग भेट गर्न दूतावास पुगेका थिए ।
दुई घन्टा लामो छलफलमा राजदूत पुरीले घुमाउरो भाषामा निर्वाचनमा सहभागी हुँदा सहज हुने सुझाब दिएका थिए । ‘तपाईंहरू आन्दोलनमा हुनुहुन्छ, निर्वाचनलाई आन्दोलनका रूपमा लैजान राम्रो होला,’ पुरीको सुझाब थियो । छलफलमा सहभागी एक नेताका अनुसार पुरीले सरकारले निर्वाचन १४ असारमा गर्ने तयारी गरिरहेकाले जाँदा सहज हुने भनाइ राखेका थिए ।

4955
Shares

ट्रेन्डिङ