सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आज आइफोन ८ आज सार्वजनिक हुँदै

आज आइफोन ८ आज सार्वजनिक हुँदै

4510
Shares
आज आइफोन ८ आज सार्वजनिक हुँदै

क्यालिफोर्निया- विश्वकै लोकप्रिय ब्रान्ड एप्पलले आज एक भब्य समारोहकाबीच आइफोन ८ सार्वजनिक गर्दैछ।आइफोन ७ पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीलाई सुधार गर्दै आइफोन ८ बजारमा ल्याउन लागेको एप्पल कम्पनीले जनाएको छ।

आइफोन ८ लन्चका लागि एप्पल कम्पनीले अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियममा एक भब्य कार्यक्रमको आयोजना गर्ने बताएको छ। उक्त समारोहमा आइफोन ८लन्चका लागि एप्पल कम्पनीले प्रेस क्षेत्रलाई समेत निमन्त्रणा दिएको छ।

आइफोन ८ मा भएको विशेष प्रविधिको सहायताले यसबाट मानिसको अनुहारसमेत पहिचान गर्न सकिने छ। उक्त समारोहमा विभिन्न मोडलका अन्य ३ फोनहरूसमेत सार्वजनिक गरिने कार्यक्रमको तय गरिसकिएको छ।नागरिक न्युज बाट

4510
Shares

ट्रेन्डिङ