सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • काभ्रेमा नेकपा फुटको असरः मण्डनदेउपुर नगरपालिकामा नगरसभा हुन सकेन

काभ्रेमा नेकपा फुटको असरः मण्डनदेउपुर नगरपालिकामा नगरसभा हुन सकेन

8135
Shares
काभ्रेमा नेकपा फुटको असरः मण्डनदेउपुर नगरपालिकामा नगरसभा हुन सकेन

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेकपा पार्टी फुटको असर देखिएको छ । पार्टी फुटकै कारण आज बस्न लागेको नगरसभा अहिलेसम्म बस्न सकेको छैन । नगरपालिकाको ८ औँ नगरसभा सुरु हुन नसकेको हो ।

नगरपालिकामा १२ वटा वडा रहेको छ । जसमा १, ३, ४, ६, ७, ८, ९ र ११ मा पूर्व एमालेका जनप्रतिनिधि छन् । २, ५, १० र १२ नम्बर वडा नेपाली काँग्रेसले जीतेको वडा हो ।

८ वडामध्ये वडा नम्बर ८ र ९ नम्बरका मात्रै वडाध्यक्ष ओली समूहमा खुलेर लागेका छन् । नगरपालिकामा ६५ जना कार्यपालिका सदस्य छन् । नगरसभाका लागि सबै कार्यपालिका सदस्यहरुलाई खबर गरेपछि एक तिहाई पनि कार्यपालिका सदस्य सहभागि हुन नपुगेपछि बैठक सुरु हुनै नसकेको हो । नेपाली काँग्रेससँगै मिलेर ओली समूहले नगरसभाले विथोलेको हो ।

मण्डनदेउपुर नगरपालिका पूर्व मन्त्री गोकुल बास्कोटाको आधार भूमि समेत मानिन्छ । बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लागेका छन् भने नगरपालिकाका मेयर टोक बहादुर वाइबा माधव कुमार नेपाल समूह समूहको जिल्ला सचिव पनि हुन् ।

नगरसभा बिथोल्ने मनसायका साथ ओली समूहले उपप्रमुख निर्मला शाहि सहित नगर कार्यपालिका सदस्यहरुलाई जिरो किलो बोलाएको छ । मेयर वाइबाले काँग्रेसभित्रैको एउटा समूहसँग बैठक सूचारु गर्ने विषयमा छलफल गरिरहेको स्रोतले बताएको छ । नेकपामा आएको विभाजनपछि काभ्रे जिल्लामा नगरसभा विथोलिएको मण्डनदेउपुर नगरपालिकामा पहिलो हो ।

8135
Shares

ट्रेन्डिङ