सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ग्रामिण क्षेत्रका किशोरीहरुलाई सचेत बनाउन अभिमुखिकरण कार्यक्रम

ग्रामिण क्षेत्रका किशोरीहरुलाई सचेत बनाउन अभिमुखिकरण कार्यक्रम

5055
Shares
ग्रामिण क्षेत्रका किशोरीहरुलाई सचेत बनाउन अभिमुखिकरण कार्यक्रम
  • सुनिल श्रेष्ठ

वीरगञ्ज / विश्वको अर्थतन्त्र खस्किनुका साथै थुप्रै जनधनको क्षति निम्त्याउने गरी फैलिएको कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम अहिले शहरकेन्द्रित भइरहेको अवस्था छ । यसको अर्थे ग्रामिण क्षेत्रका नागरीकलाई कोरोना भाइरसले छुँदैन भन्ने पनि त पक्कै हैन । फलस्वरुप नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन) को आयोजनामा ग्रामिण क्षेत्रका किशोरीहरुलाई सचेत बनाउन अभिमुखिकरण थालिएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा पनि दिनानुदिन रुपमा बढीरहेको छ । तसर्थ ग्रामिण क्षेत्रमा पनि कोरोना भाइरसबाट सुरक्षित रहनका निम्ती सचेत गराउन शुक्रवार वीरगञ्ज महानगरपालिका वडा न. २९ मुसैलीमा कोरोना भाइरस सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।

तारा किशोरी संवादकी इन्दु कुमारी गुप्ताको अध्यक्षतामा भएको अभिमुखिकरणमा वडा न. २९ का अध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारु, वडाका सहायक सचिब शेरमहमद मिया लगायतले आफ्नो धारण व्यक्त गर्नुभएको थियो । चाइल्ड नेपाल, संरक्षण नेपालको सहकार्यमा भएको कार्यक्रमको उद्धेश्यका बारेमा आरआरएन पर्साका कार्यक्रम अनुमगनकर्ता सुनेश्वर साहले प्रकाश पार्नुभएको थियो । स्थानिय किशोरी अनिशा गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कोरोना भाइरससम्बन्धि स्वास्थ्यकर्मी अनिशकान्त कुश्वाहले प्रशिक्षण दिनुभएको थियो । कोरोना भाइरसको परिचय, यसका लक्ष्ण र नियन्त्रण तथा रोकथामका निम्ती अपनाउनुपर्ने उपायका बारेमा कुश्वाहले अवगत गराउनुभएको थियो ।

यसैगरी रेडियो सान्भीका समाचार संयोजक सुर्य नारायण बि क ले कोरोना भाइरस सम्बन्धि सचेत गराउनुभएको थियो । सामाजिक दुरीको पालना गर्दै गरिएको कार्यक्रम शुरु हुनुअघि सम्पुर्ण सहभागिलाई निशुल्क रुपमा सर्जिकल मास्क पनि वितरण गरिएको थियो । ग्रामिण क्षेत्रका किशोरीलाई कोरोना भाइरस सम्बन्धि सचेत बनाउन वीरगञ्ज महानगरपालिका वडा न. ३० र ३१ मा पनि गरिने कार्यक्रम अनुसन्धानकर्ता साहले बताउनुभयो । कार्यक्रमको सहजिकरण किशोरी पिंकी कुमारी चौधरीले गर्नुभएको थियो ।

5055
Shares

ट्रेन्डिङ