सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देउवाले सानो मन्त्रिपरिषद् गठन गर्ने, को–को बन्दैछन् मन्त्री ? (नामसहित)

देउवाले सानो मन्त्रिपरिषद् गठन गर्ने, को–को बन्दैछन् मन्त्री ? (नामसहित)

2870
Shares
देउवाले सानो मन्त्रिपरिषद् गठन गर्ने, को–को बन्दैछन् मन्त्री ? (नामसहित)

काठमाडौं, २३ जेठ । ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो संख्यामा छरितो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । देउवाले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि सपथ लिंदा आफ्ना समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट १० देखि ११ जनालाई समेटेर पहिलो चरणमा छरितो मन्त्रिमण्डल बनाउने भएका हुन् । देउवाको नेतृत्वमा रहने मन्त्रीमण्डलमा पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने छन् । जसमा ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुर पहिलो चरणमा मन्त्री हुने सम्भावना रहेको स्रोतले बताएको छ । कार्की वा आचार्य मध्ये एकले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने पक्का छ ।
यस्तै श्रेष्ठ र मन्सुरको मन्त्रालय कुन हुने भन्ने छलफल भइरहेको छ । श्रेष्ठलाई सम्मानजनक मन्त्रालय दिने पक्षमा देउवा देखिएका छन् । यस्तै वर्तमान मन्त्री परिषदमा रहेर सकरात्मक चर्चा कमाएका केही मन्त्रीलाई समेत कांग्रेसले सरकारमा सहभागी गराउँने बुझिएको छ । यसरी दोहोरीने सम्भावना भएकामा रमेश लेखक र गगन थापाको चर्चा छ । तर पहिलो चरणमा नभएर दोस्रो चरणमा मात्र देउवाले उनीहरुलाई मन्त्री बनाउँन चाहेका छन । यस्तै मिन विश्वकर्मा र भिमसेनदास प्रधानको नाम पनि कांग्रेसबाट मन्त्रीको सुचीमा रहेको उच्च स्रोतले जानकारी दियो । यस्तै डिना उपाध्याय, अम्बिका बस्नेत र किरण यादवको नाम समेत चर्चामा छ ।
२०६४ सालमै काठमाडौंमा चुनाव जितेका ध्यानगोविन्द रञ्जित पनि मन्त्री हुने सम्भावना रहेको छ । सुदूरपश्चिमबाट वीरबहादुर बलायर र बहादुरसिंह थापामध्ये एकजनाले अवसर पाउने बताइन्छ । लुम्बिनी क्षेत्रबाट भरत शाह, चन्द्र भण्डारीको सम्भावना छ भने ध्रुव वाग्लेदेखि भीष्मराज आङदेम्वे, डिकबहादुर लिम्बू र मोहनबहादुर बस्नेत पनि मन्त्रीका लागि चर्चामा छन । वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट पहिलो चरणको मन्त्री मण्डल विस्तारमा को–को जाने भन्ने सोमबार अबेर रातीसम्म निर्णय गरेको छैन ।
माओवादीबाट पहिलो चरणको मन्त्रीमण्डल विस्तारमा अहिले उपप्रधान तथा अर्थमन्त्री रहेका कृष्णबहादुर महरा र उर्जामन्त्री रहेका जनार्दनलाई पठाउने गृहकार्य रहेको स्रोत बताउँछ । दुवैले गृह मन्त्रालय रोजेकाले कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने औपचारिक निर्णय भने भएको छैन । माओवादी उच्च स्रोतका अनुसार उपप्रधानसहित परराष्ट्रमा सरकारको नेतृत्व गरेर महरा जाने र गृहमा शर्मालाई पठाउन सक्ने सम्भावना बढी रहेको छ ।
माओवादीबाट दोस्रो चरणको मन्त्रीमण्डलमा प्रभू शाह, गिरिराजमणी पोखरेल, रेखा शर्मा, रामनारायण बिडारी, टेकबहादुर बस्नेत सिता नेपाली जाने चर्चा छ । केपी ओली नेतृत्व सरकारको पालामा सरकारमा सहभागी शक्ति बस्नेत, हरिबोल गजुरेल, अग्नि सापकोटाले पनि चासो राखेको बुझिएको छ । माओवादीले मन्त्रीहरुको आधिकारिक टुंगो भने लगाउन सकेको छैन । अर्थमन्त्री समेत रहेका नेता कृष्णबहादुर महराले मन्त्रीहरुका विषयमा छलफल भईरहेको र टुंगो नलागी सकेको बताए ।
यस्तै हाल सरकारमा रही रहेको विजयकुमार गच्छदारको दल फोरम लोकतान्त्रिक समेत पहिलो चरणमा नै सरकारमा जाने भएको छ । गच्चदार आफै नेतृत्व लिएर हाल सम्हालिरहेकै मन्त्रालय लिने गरी सरकारमा सहभागी हुने लगभग निश्चित भएको स्रोतले बतायो । राप्रपाले भने सरकारलाई समर्थन गर्ने तर सरकारमा जाने नजाने बारे छलफल भइरहेको बताएको छ ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै पक्षमा मतदान गर्ने निर्णय भएको तर सरकारमा सहभागी हुने वा नहुने भन्नेमा भने छलफल जारी रहेको बताए । उनका अनुसार सम्मानजनक अवस्था आए राप्रपा सरकारमा सहभागी हुने छ । तर टुंगो भने लागि सकेको छैन । यसैगरी देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दे पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम भने सरकारमा सहभागी नहुने भएको छ ।
सो दलले संसदीय दलको आइतबारको बैठकबाटै सरकारको समर्थनमा मतदान गर्ने तर सरकारमा भने सहभागी नहुने बताइसकेको छ । यस्तै राजपाले भने आफ्ना मागका बारे सकरात्मक संकेत पाए सरकारको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ । तर सरकारमा भने सहभागी नहुने उसको निर्णय छ । तर सरकारको समर्थनमा रहेका केही अन्य साना दलका केही नेता समेत पहिलो चरणमा नै मन्त्री बन्ने छन ।
-राजधानी दैनिक

2870
Shares

ट्रेन्डिङ