सबैको समाचार
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • यी हुन् यौन सम्बन्धलाई आनन्ददायक बनाउने ५ कुरा

यी हुन् यौन सम्बन्धलाई आनन्ददायक बनाउने ५ कुरा

10415
Shares
यी हुन् यौन सम्बन्धलाई आनन्ददायक बनाउने ५ कुरा

यौन सम्बन्ध भनेको जीवनको निक्कै महत्वपूर्ण पाटो हो । तर विवाहपछि जोडीहरु यो कुरालाई कम ध्यान दिन्छन् । विवाहपछि यौन सम्बन्धमा सहज पहुँच हुने हुँदा यसलाई प्रभावकारी बनाउने तर्फ उनीहरुको ध्यान पुग्दैन । तर विचार गर्नु पर्ने कुरा के हो भने तपाइँको यौन जिवन सन्तुष्ट छ भने त्यसले तपाइँको बाँकी जीवन र बैबाहिक जीवनलाई पनि सकारात्मक बनाउन सहयोग गर्छ । र कतिपय सम्बन्धहरु यौन असन्तुष्टीकै कारण टुक्रिएका उदाहरण समेत छन् ।
कसरी बनाउने यौन सम्बन्धलाई बढि भन्दा बढि आनन्ददायक रु हुन त एउटा नेपाली उखान छ नानी देखि लागेको बानी फेर्न सकिँदैन । तर यौन सम्बन्धका विषयमा यो उखान लागु हुँदैन । केही सामान्य नयाँ तरिका अपनाउने हो भने तपाइँको यौन जीवन सधै ताजा र सधै जागा हुन सक्छ ।
निम्न ५ तरिका अपनाउँदा तपाइँको यौन जीवनमा आनन्द थपिने निश्चत छ ।
१. अधिकाँश पुरुषहरु महिलाको यौनाङ्ग गहिरो रहेको ठानेर लिङ्गलाई जतिसक्यो भित्र प्रवेश गराउन सके महिलालाई आनन्द आउने ठान्छन् । तर वास्तबिकता के हो भने महिलाको योनीको बहिरी भाग नै सबैभन्दा बढी संवेदनशील हुन्छ अर्थात जतिसक्यो भित्र प्रवेश गराउनु मात्र आनन्दको कारण बन्दैन । योनिको बाहिरको भागमा उत्तेजना ल्याउन सके महिला स्वत यौनान्दमा प्रवेश गर्छन् ।
बरु पुरुषहरुले योनीको भित्री भागमा लिङ्ग प्रवेश गराउनु अघि नै महिलाको बाहिरी अंग चलाएर उत्तेजित तुल्याउन सके आनन्दको मात्रा बढ्छ । बाहिरी अंग चलाएर योनी रस निकालेपछि मात्र योनीमा लिङ्ग प्रवेश गराएमा यौन आनन्द मात्र बढ्दैन पुरुष स्खलित हुनु अघि नै महिला चरम आनन्दमा पनि पुग्छन् ।
२. यौन सम्बन्धमा दोहोरो भुमिका आवश्यक हुन्छ । एक जनालाई मात्र चाहाना भएर यौन क्रिडा शुरु गर्ने हो भने स्वभाविक आनन्द प्राप्त हुन सक्दैन । त्यसका लागि आफ्नो जोडीलाई के मन पर्छ अथवा के गर्दा उ उत्तेजनामा आउँछ भन्ने कुराको जहिले पनि ख्याल गर्नुपर्छ ।
तपाइँलाई जोडीले यस्तो गरिदिए हुन्थ्यो लाग्छ भने उसले शुरु गर्नु अघि तपाइँले उसलाई त्यसै गर्नुस् । विस्तार एक अर्कालाई तयार पारेपछि मात्र यौन क्रिडा शुरु गर्नु उत्तम हुन्छ । कहिले काँही थोरै मदिरा पान गरेपछि यौन क्रिडा शुरु गर्दा पनि यौन सम्बन्ध थप आनन्ददायक बन्न सक्छ ।
३. पुरुषहरु आफ्नो लिङ्गको लम्बाइलाई लिएर चिन्तित रहन्छन् । योनी गहिरो हुने अनुमानमा रहेका पुरुषहरु आफ्नो लिङ्ग छोंटो भएर आनन्द नदेलाकी भन्ने पिर हुन्छ । तर वास्तबिकता चाँही के हो भने योनीको दुई इन्च घेरा मात्र सबैभन्दा बढी संवेदनशील हुन्छ ।
त्यसैले दुई इन्चको लिंङ्गले एक स्त्रीलाई पुरै यौनानन्द दिन सक्छ । बाहिरी भागमा रगडेर स्त्री तयार भएपछि योनीभित्र लिङ्ग प्रवेश गराएमा मात्र यौन आनन्द बढ्न सक्छ । खासगरी यौन सम्बन्धको बेला पुरुषले आफनो जिव्रो या हातको औंलाले स्त्रीको तल्लो पेट, जाँघको माथिल्लो भाग, वा ओठमा चलाइ रह्यो भने यौनानन्द बढ्छ ।
४. अधिकाँश पुरुषहरु योनीमा लिङ्ग प्रवेश गराएर भित्र र बाहिर मात्र गराउँछन् । यो परंपरागत तरिका मात्र हो । यौन आनन्द बढाउनका लागि योनीको भित्र बाहिर मात्र नभइ छेउँ छाउँ वा यता उता पनि घर्षण गराउनु जरुरी हुन्छ ।
यौन सम्बन्ध भैरहेको समयमा कतिपय पुरुष महिला चरम आनन्दमा आउनु अघि नै स्खलित हुन्छन् । त्यसो हुन नदिन केही समयको अन्तरालमा लिङ्ग योनीबाट बाहिर झिकेर केहीबेर आराम दिने वा व्रेक लिने वा अन्य यौन क्रिडा गर्दा उचित हुन्छ । त्यसले शीघ्र पतनलाई रोक्न सहयोग गर्छ ।
५. कतिपय अवस्थामा सामान्य सम्बन्धबाट चरम यौन आनन्द प्राप्त हुन नसके कृत्रिम तरिका अपनाउन पनि सकिन्छ । त्यसका लागि चिकित्सकहरुसँग परामर्श गरी कुनै प्रकारको क्रिम वा अन्य पदार्थको प्रयोग गर्नाले यौन आनन्द बढाउन सहयोग गर्छ । योनीमा रक्तचाप बढाउने कतिपय क्रिमको प्रयोग पछि महिलाहरुले चरम आनन्दको अनुभव पटक पटक गरेको बताएका छन् । एजेन्सी

10415
Shares

ट्रेन्डिङ