सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सवारीबाट रु ५८ हजार राजस्व सङ्कलन

सवारीबाट रु ५८ हजार राजस्व सङ्कलन

3680
Shares
सवारीबाट रु ५८ हजार राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट रु ५८ हजार राजस्व सङ्कलन गरेको छ ।
बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो ।
बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने क्रम बढेको गुनासो बढेपछि ट्राफिक प्रहरीले गरेको सवारी कारबाहीबाटै राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।
तराई तथा पूर्वका विभिन्न जिल्लाबाट छुटेका सवारीसाधन सिन्धुली हुँदै काठमाडौँ र काठमाडाँैबाट सिन्धुली हुँदै तराई तथा पूर्वका जिल्लामा सवारीसाधन चल्ने चापको समय बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म जाँच गरिएको थियो । रासस

3680
Shares

ट्रेन्डिङ