सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

1880
Shares
महोत्तरीबाट पाँचजना किशोरी सम्पर्कविहीन

महोत्तरी | महोत्तरीबाट एकैसाथ पाँचजना किशोरी सम्पर्कविहीन भएका छन्।

औरही नगरपालिका–२ बाट मंगलबार दिउँसो साढे ११ बजेदेखि पाँचजना किशोरीहरू एकैसाथ हराइरहेको जानकारी आएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

उनका अनुसार १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रूवी सदा सम्पर्कबिहीन भएका हुन्।

उनीहरू कामको सिलसिलामा भारततिर गएको हुनसक्ने प्रहरीको आशंका छ । ‘उनीहरू विपन्न परिवारका हुन्। परिवारको दुःख देखेर भारततिर कामको सिलसिलामा गएको हुनसक्छ। हामी खोजी गर्दै छौं भेटिहाल्छन्,’ डिएसपी गिरीले भने, ‘हराएकामध्ये एक किशोरीले हिजो आमालाई फोन गरेर हामी ठीक छौं नखोज्नूस भनेको कुरा आएको छ।

त्यसी हेर्दा पनि कामकै लागि यिनीहरू योजना बनाएर हिँडेको हुनसक्छ। तर, हामीलाई डर के छ भने उनीहरु दुरूपयोग नहोस्।’

1880
Shares

ट्रेन्डिङ