सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बिश्वकै होचा मगर अस्पताल भर्ना

बिश्वकै होचा मगर अस्पताल भर्ना

3395
Shares
बिश्वकै होचा मगर अस्पताल भर्ना

१७ जेठ, पोखरा । विश्वकै होचा व्यक्ति मध्येका एक खगेन्द्र थापा मगर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका खगेन्द्रको सेतो रक्तकोशिका बढी र हेमोग्लोविन कम देखिएको छ । एक हप्ताअघि अस्पताल भर्ना भएका उनी बुधबार बेहोस् भएपछि अहिले आईसियुमा राखेर उपचार भइरहेको छ ।
बुधबारदेखि आईसियुमा राखिएको र अहिले क्रमिक सुधार आइरहेको उपचारमा संलग्न चिकित्सक कमल कुमालले बताए । यद्यपि उनको रक्तचाप अझैपनि सामान्य बन्न नसकेको उनका बुबा रुपबहादुर थापा मगरले बताए । चिकित्सकका अनुसार खगेन्द्रको रक्तचाप कहिले हृवात्तै माथि जाने र कहिले हृवात्तै घट्ने समस्या देखिएको छ भने टाउको धान्न पनि गाह्रो हुने समस्या देखिएको छ ।
आईरनको कमी तथा प्रदुषित हावापानीका कारण खगेन्द्रको स्वास्थ्यमा समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएको खगेन्ऽ थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए । थप उपचारको लागि काठमाडौं लैजानेबारे पनि छलफल भइरहेको छ । उनका अनुसार खगेन्द्रको उपचार अस्पतालले निःशुल्क गर्दै आएको छ । तर, औषधि भने आफैले खरिद गरिरहेको मगरले बताए ।
बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्ऽ हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन् । उनले विश्व कीर्तिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो । उनको रेकर्ड जुनरी बालाविङले आफ्नो नाममा लेखाए । उनको कीर्तिमान नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । तर, उनको निधन भएपछि जीवित होचा व्यक्तिको रेकर्ड जुनरी बालाविङको नाममा छ । अहिलेसम्मका होचा व्यक्ति भने चन्द्रबहादुर नै हुन् । जीवित होचा व्यक्ति जुनरी बालाविङ हुन् भने दोस्रो होचा व्यक्ति खगेन्द्र हुन् ।

3395
Shares

ट्रेन्डिङ