काभ्रे : नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले खुल्ला तर्फबाट महाधिवेशनको प्रतिनिधीमा उम्मेरदवारी दिएका छन् ।
भोली हुने अधिवशेनमा निर्वाचन क्षेत्र नम्बर १ बाट खुल्ला सदस्य तर्फ गणेश लामाले उम्मेदवारी घोषणा गरेका हुन् । यूवाहरुका ढुकढुकी बनेका नेता लामा सामाजिक कार्यमा पनि निकै सक्रिय रहदै आएका छन् ।
उनले कोरोना भाईरस (कोभिड १९) महामारीको समयमा पनि जिल्लामा निकै सक्रियता देखाएका थिए । अक्सिजन लगायतका स्वस्थ्य सामाग्री अभाव भएको समय नेता लामा आफै अक्सिजन सिलिण्डर लिएर गाउँका स्वास्थ्य केन्द्र तथा आइसोलेशन सेन्टर पुगेका थिए ।
उनको यस्ता कार्यको यूवाहरुले सराह्रना गरेका छन् । नेता लामाले काँग्रेसलाई एक ढिक्का बनाउन र जिल्लाका रहेक संगठन र तहमा यूवा नेतृत्वलाई स्थान दिन आफूले उम्मेरदवारी दिएको बताएका छन् ।
उनले यी सबै उदेश्य पूरा गर्न आफूलाई भोट दिन पनि आग्रह गरेका छन् ।