सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • च्यातिएको मतपत्रको संख्या खोज्यो आयोगले

च्यातिएको मतपत्रको संख्या खोज्यो आयोगले

4010
Shares
च्यातिएको मतपत्रको संख्या खोज्यो आयोगले

जेठ १८, चितवन । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा च्यातिएको मतपत्रको संख्या यकिन गरी विवरण पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले यसअघि सहन्यायधिवक्ता गीता प्रसाद तिमिल्सिनाको संयोजकत्वमा एक समिति गठन गरी घटनाको सत्य तथ्य बुझेर प्रतिवेदन दिन निर्देशन दिएको भए पनि मतपत्र कति च्यातिएको हो त्यसबारेमा केही नभनेकाले अहिले भने च्यातिएको मतपत्रको संख्या एकिन गरी प्रतिवेदन दिन आग्रह गरेको छ ।निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रतिवेदन आएपछि के गर्ने भन्ने बारे निर्णय हुने बताए ।
-नेपाल समाचारपत्र

4010
Shares

ट्रेन्डिङ